Online Bible

- Advertisements -




प्रेरित 1:4 - पवित्र बाइबल

4 एक समय जब येशू तिनीहरूसँग खाई रहनु भएको थियो, उहाँले तिनीहरूलाई यरूशलेम नछोड्ने कुरा भन्नुभयो। उहाँले भन्नुभयो, “पिताले तिमीहरूको लागि प्रतिज्ञा गर्नु भएकोछ, जुन मैले तिमीहरूलाई पहिल्यै भनिसकेकोछु। त्यो प्रतिज्ञा प्राप्त गर्नलाई तिमीहरूले यरूशलेममा पर्खिनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूसँग भोजनमा बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यस्‍तो आदेश दिनुभयो, “तिमीहरू यरूशलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 एकपल्‍ट येशू तिनीहरूसँग भेला भएर खान बस्‍नुहुँदा उहाँले तिनीहरूलाई यसरी आज्ञा दिनुभयो, “तिमीहरू यरूशलेम नछोडी मेरा पिताले प्रतिज्ञा गर्नुभएको वरदानलाई पर्खेर बस। त्‍यो वरदानको बारेमा मैले तिमीहरूलाई अघि पनि भनेको थिएँ,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूसँगै भोजन गरिरहेको बेला एक पल्ट तिनीहरूलाई उहाँले यस्तो आज्ञा दिनुभयो: “मैले तिमीहरूलाई भनेका मेरा पिताको प्रतिज्ञाको वरदानलाई पर्खेर बस्‍नू। त्यो प्राप्‍त नभएसम्म यरूशलेमलाई नछोड्नू।

See the chapter Copy




प्रेरित 1:4

Follow us:

Advertisements


Advertisements