Online Bible

- Advertisements -




प्रेरित 1:3 - पवित्र बाइबल

3 यी सबै घट्नाहरू येशूको मृत्यु पछि भयो, अनि उहाँले आफ्ना प्रेरितहरूलाई आफू जिउँदो रहेको शक्तिशाली प्रमाणहरूले प्रमाणित गर्नु भयो। येशू मृत्युबाट बौरी उठे पछि प्रेरितहरूले उहाँलाई चालीस दिनको अवधिमा धेरै पल्ट देखे। उहाँले तिनीहरूसँग परमेश्वरका राज्यको विषयमा बताउनुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 आफ्‍नो दुःख-भोगपछि धेरै अकाट्य प्रमाणद्वारा तिनीहरूका सम्‍मुख उहाँले आफैलाई जीवित प्रस्‍तुत गर्नुभयो। चालीस दिनसम्‍म उहाँ तिनीहरूकहाँ देखा पर्नुभयो अनि परमेश्‍वरका राज्‍यको विषयमा तिनीहरूलाई बताउनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 दु:ख भोगेर क्रूसमा मर्नुभएपछि उहाँ चालीस दिनसम्‍म घरीघरी तिनीहरूकहाँ देखा पर्नुभयो र विभिन्‍न किसिमका पक्‍का प्रमाणहरूद्वारा आफैंलाई जिउँदो छु भनी देखाउनुभयो। तिनीहरूले उहाँलाई देखे र उहाँले तिनीहरूसँग परमेश्‍वरको राज्‍यको बारेमा कुरा गर्नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 आफूले दुःख सहनुभएपछि, उहाँ ती मानिसहरूका सामु प्रकट हुनुभयो र आफू जीवित हुनुभएको विश्‍वासलाग्दा धेरै प्रमाणहरू तिनीहरूलाई दिनुभयो। तिनीहरूका सामु उहाँ चालीस दिनसम्म देखा परिरहनुभयो र परमेश्‍वरको राज्यको बारेमा तिनीहरूलाई बताउनुभयो।

See the chapter Copy




प्रेरित 1:3

Follow us:

Advertisements


Advertisements