२ शमूएल 8:2 - पवित्र बाइबल2 दाऊदले मोआबका जनतालाई पनि हराए। तिनीहरूलाई जमिनमा लमतन्न सुत्न बाद्य बनाए। तब तिनले एउटा डोरीले नापे। प्रत्येक दुइ नापभित्र पर्न आएकालाई मार्न अह्राए र तेस्रो नापमा परेकालाई छोडिदिए। यसरी मोआबका मानिसहरू दाऊदका सेवक बनिए। तिनीहरूले उनलाई राजस्व बुझाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 दाऊदले मोआबीहरूलाई पनि परास्त गरे, अनि उनीहरूलाई तिनले भूइँमा सुत्न लाए, र एउटा डोरीको नापले नापे। हरेक दुई नापभित्र आएकाहरूचाहिँ मारिनलाई र तेस्रो नापभित्र आएकाहरूचाहिँ छोड़िदिनलाई तिनले नापे। यसरी मोआबीहरू तिनको अधीनमा भए, अनि उनीहरूले तिनलाई राजकर तिर्ने गरे। See the chapterसरल नेपाली पवित्र बाइबल2 त्यसपछि उनले मोआबीहरूलाई जिते। उनले कैदीहरूलाई भूइँमा सुत्न लगाए र हरेक तीन कैदीमध्ये दुई जनालाई मार्न लगाए। त्यसरी मोआबीहरू उनका अधीनमा भए र उनलाई कर तिर्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 दावीदले मोआबीहरूलाई पनि जिते। तिनले तिनीहरूलाई भुइँमा सुत्न लगाए, र एउटा डोरीले नापे। प्रत्येक दुई नाप हुनेहरूलाई मारे; अनि तेस्रो नाप हुनेहरूलाई चाहिँ जीवित रहन दिए। यसरी मोआबीहरू दावीदको अधीनमा भए, र उनीहरूले तिनलाई सलामी तिरे। See the chapter |