२ शमूएल 7:23 - पवित्र बाइबल23 “तपाईंका मानिसहरू जस्ता इस्राएल र त्यहाँ पृथ्वीमाथि अर्को जाति छैन। तिनीहरू विशेष मानसिहरू हुन्। तिनीहरू दास दासी थिए। तर तपाईंले मिश्रबाट बाहिर ल्याएर स्वतन्त्र बनाइदिनु भयो। तिनीहरूलाई तपाईंका मानिस बनाउनको निम्ति अनि तपाईंको आफ्नै नाउँ बनाउनका निम्ति। आफ्ना मानिसहरू अनि भूमिको खातिर तपाईंले महान भए योग्य कार्यहरू गर्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण23 अनि तपाईंको आफ्नै जाति इस्राएलजस्तो अरू को छ? पृथ्वीको एउटा त्यस जातिलाई परमेश्वरले नै आफ्नो निम्ति छुटकारा दिनुभयो, जसद्वारा तपाईंले आफ्नो नाउँ फैलाउनुभयो र मिश्रबाट छुट्ट्याउनुभएको आफ्नो प्रजाको बाटोदेखि अरू जातिहरू र उनीहरूका देवदेवताहरूलाई धपाइदिनुभई महान् डरलाग्दा र उदेकका कार्यहरू गर्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल23 पृथ्वीमा इस्राएलजस्तो अन्य कुनै जाति छैन, जसलाई तपाईंले आफ्नै प्रजा बनाउन दासत्वबाट मुक्त गराउनुभयो। तिनीहरूको निम्ति तपाईंले गर्नुभएका महान् र आश्चर्यका कामहरूले तपाईंको कीर्ति सारा जगतमा फैलिएको छ। तपाईंले इस्राएलीहरूलाई आफ्नो निजी प्रजा बनाउन मिश्रदेशबाट छुटकारा दिनुभयो र तिनीहरू अघि बढी आउँदा अन्य जातिहरू र तिनीहरूका देवी-देवतालाई उनीहरूको सामुन्नेबाट धपाउनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण23 तपाईंको प्रजा इस्राएलजस्तो अरू कुन जाति छ र? पृथ्वीमा भएको एउटा यस्तो जाति, जसका परमेश्वरले तिनीहरूलाई आफ्नो जाति बनाउन आफैँ गएर दासत्वबाट छुटाउनुभयो। तपाईंले त्यो जातिलाई इजिप्टबाट छुटकारा दिलाएर, आफ्नो महान् नाम बनाउनुभयो। तपाईंका जातिको सामुबाट अरू जातिहरू र तिनीहरूका देवी-देवताहरूलाई धपाएर तपाईंले महान् र अद्भुत कार्यहरू गर्नुभयो। See the chapter |