२ शमूएल 6:16 - पवित्र बाइबल16 शाऊलकी छोरी मीकलले झ्यालबाट हेर्दैथिइन्। जब परमप्रभुको पवित्र सन्दूकलाई शहरमा ल्याइयो दाऊद नाच्दै-उफ्रँदै गर्नथाले। मीकलले यो हेरिरहेकी थिई र दाऊदसँग रिसाईन्। तिनले सोचिन् ऊ आफैंले आफैंलाई मूर्ख बनाउँदैछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 जब परमप्रभुको सन्दूक दाऊदको सहरमा प्रवेश गर्दैथियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्, र दाऊद राजालाई परमप्रभुको सामुन्ने उफ्रँदै र नाच्दैगरेका देखिन्, र तिनले मनमनै दाऊदलाई घृणा गरिन्। See the chapterसरल नेपाली पवित्र बाइबल16 सन्दुक सहरमा आइपुग्दा शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन् र दाऊद राजालाई उफ्रँदै र नाच्दै गरेका देखिन् र मनमनै घृणा गरिन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 जब याहवेहको सन्दुक दावीदको सहरमा प्रवेश भइरहेको थियो, तब शाऊलकी छोरी मीकलले झ्यालबाट हेरिन्। अनि जब तिनले दावीदलाई याहवेहको सामु उफ्रँदै र नाच्दै गरेको देखिन्, तब तिनले आफ्नो हृदयमा उनलाई घृणा गरिन्। See the chapter |