२ शमूएल 23:5 - पवित्र बाइबल5 “परमेश्वरले मेरा परिवारलाई शक्तिशाली र सुरक्षित बनाउनुभयो। उहाँले मसँग सधैँको निम्ति करार गर्नुभयो। परमेश्वरले त्यो करार अनुमोदन गर्नु भयो र राम्रो बनाउनु भयो। अनि उहाँले मलाई विजय दिनुहुन्छ। म जे इच्छा गर्छु उहाँले त्यही पुर्याइदिनु हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 “के मेरो घराना परमेश्वरसँग ठीक छैन र? के उहाँले मसँग सबै भागमा सुरक्षित र व्यवस्थित भएको एउटा अनन्त करार बाँध्नुभएको छैन र? के उहाँले मेरो उद्धारलाई फलवन्त बनाउनुहुनेछैन र? अनि मेरो प्रत्येक इच्छा पूरा गर्नुहुनेछैन र? See the chapterसरल नेपाली पवित्र बाइबल5 त्यसरी परमेश्वरले मेरा सन्तानलाई आशीर्वाद दिनुहुनेछ किनभने उहाँले मसँग एउटा अनन्तको करार बाँध्नुभएको छ, एउटा कहिल्यै नतोडिने सम्झौता तयार पार्नुभएको छ र कहिल्यै नबदलिने प्रतिज्ञा दिनुभएको छ। त्यत्ति नै म चाहन्छु, त्यसैमा मेरो विजय छ र निश्चय नै परमेश्वरले त्यो पूरा गर्नुहुने छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “यदि मेरो घरानाको परमेश्वरसँग सम्बन्ध ठिक नभएको भए निश्चय नै उहाँले मसँग हरेक कुरामा सुरक्षित र व्यवस्थित अनन्तको करार बाँध्नुहुनेथिएन; निश्चय नै उहाँले मेरो मुक्तिलाई फलवन्त बनाउनुहुनेथिएन, र मेरो हरेक इच्छा पूरा गर्नुहुनेथिएन। See the chapter |