२ शमूएल 23:10 - पवित्र बाइबल10 एलाजारले आफू नथाकुन्जेल पलिश्तीहरूसँग सामना गरे। तिनले हातमा तरवार मुठ्याएर लडी नै रहे। परमप्रभुले त्यस दिन इस्राएलीहरूलाई ठूलो विजय गराइदिनु भयो। एलाजार एक्लैले विजय प्राप्त गरेपछि मानिसहरू आएका थिए, र आउनुको एक मात्र कारणचाहिं एलाजारले मारेका शत्रुपक्षका सेनाहरूबाट मालसमान लुट्नु मात्र थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 नथाकुञ्जेल तिनले पलिश्तीहरूलाई तरवारले प्रहार गरी नै रहे, यहाँसम्म कि तिनको हातमा तरवार टाँसिएको थियो। यसरी परमप्रभुले त्यस दिन ठूलो विजय दिनुभयो। त्यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्न मात्र एलाजारकहाँ फर्केर आए। See the chapterसरल नेपाली पवित्र बाइबल10 तर एलाजारले आफ्नो ठाउँ छोडेनन् र आफ्नो हात चल्न नछोडुञ्जेल पलिश्तीहरूसँग युद्ध गरिरहे। पछि उनले मुट्ठी खोलेर आफ्नो तरवार छोड्नसम्म सकेनन्। यसरी परमप्रभुले त्यस दिन ठूलो विजय दिनुभयो। त्यसपछि इस्राएलका मानिसहरू मारिएकाहरूलाई लुट्न मात्र एलाजारकहाँ फर्केर आए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तर एलाजार आफ्नै ठाउँमा खडा रहेर हात गलेर तरवारमै नटाँसिएसम्म तिनले पलिश्तीहरूसँग युद्ध गरिरहे। त्यस दिन याहवेहले ठूलो विजय दिनुभयो। तर बाँकी सेनाहरूचाहिँ मरेकाहरूलाई लुट्नको लागि मात्र एलाजारकहाँ फर्केर आए। See the chapter |