Online Bible

- Advertisements -




२ शमूएल 20:8 - पवित्र बाइबल

8 जब गिबोनका ठूला चट्टानमा योआब र तिनका सिपाहीहरू आए, अमासा तिनीहरूलाई भेट्न आए। योआबले आफ्नो पोषाक लगाएका थिए। योआबले पेटी कसेका थिए अनि म्यानमा तरवार भिरेका थिए। जस्तो योआब अमासालाई भेट्न गए त्यस्तै योआबको म्यानबाट तरवार खस्यो। योआबले तरवार टिपेर हातमा लिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 जब तिनीहरू गिबोनको ठूलो चट्टान नजिक आइपुगे तब अमासा तिनीहरूलाई भेट्‌न आए। त्‍यस बेला योआबले चाहिँ जङ्गी-पोशाक लगाएका थिए, र त्‍यसमाथि एउटा पटुका थियो, अनि त्‍यसमा म्‍यानसमेतको एउटा छुरी भिरिराखेका थिए। जब तिनी अगि बढ़े तब त्‍यो त्‍यसको म्‍यानबाट खस्‍यो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 गिबोनको ठूलो चट्टाननेर आइपुग्‍दा तिनीहरूलाई अमासाले भेटे। योआबले लडाइँ गर्ने पोशाक लाएका थिए र कम्‍मरमा म्‍यानभित्र एउटा तरवार अनि पटुका कसेका थिए। योआब अघि बढेर आउँदा म्‍यानबाट उनको तरवार झर्‍यो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब तिनीहरू गिबोनको ठूलो चट्टानमा थिए, तब अमासा तिनीहरूलाई भेट्न आए। त्यस बेला योआबले चाहिँ सैनिक पोशाक लगाएका थिए। अनि त्यसमाथि कम्मरमा एउटा पटुका बाँधेर त्यसमा म्यानसमेत एउटा तरवार भिरिराखेका थिए। जब तिनी अगि बढे, तब तरवार म्यानबाट झर्‍यो।

See the chapter Copy




२ शमूएल 20:8

Follow us:

Advertisements


Advertisements