२ शमूएल 20:3 - पवित्र बाइबल3 दाऊद उनको महल यरूशलेम फर्किएर आए। दाऊदले आफ्ना 10 जना उप-पत्नीहरूलाई महलको हेरचार गर्नका निम्ति छोडेका थिए। तब दाऊदले ती उप-पत्नीहरूलाई विशेष महलमा राखेका थिए। यो घरको सुरक्षा गरिरहन द्वारपालेहरू त्यहाँ थिए। ती स्त्रीहरू नमरिन्जेलसम्म त्यहीं बसे। दाऊदले तिनीहरूका निम्ति भोजनको बन्दोबस्त गरिदिएका थिए, तर शारीरिक सम्बन्ध भने गरेन्न। तिनीहरूले विधवाको जस्तै जीवन बिताए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 जब दाऊद यरूशलेममा आफ्नो महलमा आए, तब तिनले आफ्नो महलको हेरचाह गर्नलाई राखेका ती दश उपपत्नीहरूलाई लिएर नजरबन्दी गरे। तिनले तिनीहरूका भोजनको प्रबन्ध गरिदिए, तर तिनीहरूसित सहवास गरेनन्। यसरी तिनीहरूका मृत्युको दिनसम्मै तिनीहरू नजरबन्द नै रहे, र तिनीहरू विधवासरह बसे। See the chapterसरल नेपाली पवित्र बाइबल3 जब दाऊद यरूशलेममा आफ्ना राजमहलमा आइपुगे, तब महलको हेरचाहा गर्न छोडिराखेका दश जना रखौटीहरूलाई उनले निकालेर अलग्गै राखे। तिनीहरूमाथि पहरादार राखिदिए। उनले तिनीहरूको खानपान आदि चाहिँदो कुराको प्रबन्ध गरिदिए; तर तिनीहरूसित सम्भोग गरेनन्। तिनीहरूको बाँकी जीवनमा तिनीहरू नजरबन्दी रहे र विधवाहरूझैँ जीवन बिताए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब दावीद यरूशलेममा आफ्नो राजमहलमा फर्के, तब राजाले राजमहलको हेरचाह गर्न छोडेका दश जना उपपत्नीहरूलाई लिएर एउटा घरमा नजरबन्दी गरेर राखे। तिनीहरूलाई चाहिने सबै कुरा प्रबन्ध गरिदिए, तर राजाले उनीहरूसँग यौन सम्बन्ध राखेनन्। तिनीहरूको मृत्युसम्म नै तिनीहरूलाई नजरबन्दीमा राखियो। तिनीहरूले विधवा समान जीवन बिताए। See the chapter |