२ शमूएल 19:9 - पवित्र बाइबल9 इस्राएलका सबै कुल र परिवार समूहका मानिसहरूले तर्क-बितर्क गरे। तिनीहरूले भने, “राजा दाऊदले हामीलाई पलिश्ती र अन्य शत्रुहरूबाट बचाए। दाऊद अब्शालोमको अघिबाट भागे। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 इस्राएलका सबै कुल आपसमा कुरा गर्दै यसो भन्दैथिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो, र पलिश्तीहरूको शक्तिबाट छुटाउनुभयो, अनि अब अब्शालोमको कारणले गर्दा राजा देशबाट भागेर जानुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल9 सारा देशभरि नै तिनीहरू आपसमा झगडा गर्न थाले। तिनीहरू आपसमा कुरा गर्दै यसो भन्दै थिए, “दाऊद राजाले हामीलाई हाम्रा शत्रुहरूदेखि बचाउनुभयो। उनले हामीलाई पलिश्तीहरूका हातबाट बचाउनुभयो; तर त्यस बेला उनले देश छोडेर अब्शालोमबाट बाँच्नलाई भाग्नुपर्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 इस्राएल कुलका मानिसहरू यसो भन्दै वाद-विवाद गरिरहेका थिए, “राजाले हामीलाई शत्रुहरूका हातबाट छुटाउनुभयो। उहाँले नै हामीलाई पलिश्तीहरूका हातबाट छुटाउनुभएको थियो। तर अहिले उहाँ अब्शालोमबाट बच्नको निम्ति देशबाट भाग्नुभएको छ। See the chapter |