२ शमूएल 19:2 - पवित्र बाइबल2 दाऊदका सेनाले त्यस दिन युद्ध जिते। तरै पनि मानिसहरूलाई उक्त दिन पटक्कै चैन भएन। कारण मानिसहरूले सुने, “राजा आफ्ना छोराको निम्ति साह्रै दुःखी छन्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 अनि त्यस दिनको विजय जम्मै सेनाको निम्ति शोकमा परिणत भयो, किनभने तिनीहरूले सुने कि राजा आफ्नो छोराको निम्ति शोकित हुनुभएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल2 त्यसले गर्दा दाऊदका सारा सेनाको निम्ति त्यस दिन विजयको आनन्द शोकमा बदलियो किनभने राजाले आफ्नो छोराको निम्ति शोक गरेका तिनीहरूले सुने। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 यसैले सारा सेनाका निम्ति त्यस दिनको विजय शोकमा परिणत भयो। किनकि त्यस दिन सेनाहरूले यस्तो भनेका सुने, “राजा आफ्नो छोराका निम्ति शोक गरिरहनुभएको छ।” See the chapter |