२ शमूएल 17:18 - पवित्र बाइबल18 तर एउटा केटोले जोनाथन र अहीमासलाई देखे। त्यो केटो अब्शालोमलाई भन्न दौड्यो। जोनाथन र अहीमास चाँडो-चाँडो भागे। तिनीहरू बहूरीमका एकजनाको घरमा आइपुगे। जसको आँगनमा एउटा कुवा थियो। जोनाथन र अहीमास कुवाभित्र गए। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 तर यस पल्ट त एक जना केटाले तिनीहरूलाई देख्यो, र त्यसले अब्शालोमलाई सुनाइदियो। यसैले ती दुई जना हतार-हतार गरी बहूरीममा एक जना मानिसको घरमा गए। त्यसका घरको आँगनमा एउटा इनार थियो, अनि तिनीहरू त्यसभित्र पसे। See the chapterसरल नेपाली पवित्र बाइबल18 तर एक दिन एउटा ठिटोले तिनीहरूलाई देखेछ र त्यसले अब्शालोमलाई सुनाइदियो। यसकारण बहूरीममा बास गर्ने एउटा मानिसको घरमा लुक्न तिनीहरू हतारिंदै गए। त्यसको घरको छेउमा एउटा इनार थियो र तिनीहरू त्यसभित्र पसे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर एउटा जवान मानिसले तिनीहरूलाई देख्यो, र अब्शालोमलाई भनिदियो। यसैकरण ती दुवै जनाले तुरुन्तै त्यस ठाउँलाई छोडेर बहूरीममा एक जना मानिसको घरमा गए। तिनको आँगनमा एउटा इनार थियो। तिनीहरू त्यसैभित्र पसे। See the chapter |