२ शमूएल 16:8 - पवित्र बाइबल8 परमप्रभुले तलाईं सजाय दिदैछन्। किन थाहा छ? कारण तैले शाऊलका परिवारलाई मारिस्। तैंले शाऊलको राजसिंहासन चोरिस्। तर अहिले ठीक यस्तो गति हुँदैछ तेरो। परमप्रभुले तेरो राज्य तेरो छोरा अब्शालोमलाई दिनुभयो। किन थाहा छ? कारण तँ हत्यारा होस्।” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 शाऊलको घरानामा रगत बगाएर उनको स्थानमा राज्य गर्न खोज्ने तँमाथि आज परमप्रभुले बदला लिनुभएको चाहिँ हो, र त्यो राज्य अब परमप्रभुले तेरो छोरो अब्शालोमलाई दिनुभयो। तँ आज बरबाद भइस्, किनभने तँ हत्यारा होस्!” See the chapterसरल नेपाली पवित्र बाइबल8 तिमीले शाऊलको राज्य हर्यौ। शाऊलका त्यति विघ्न सन्तानलाई मारेको हुनाले परमप्रभुले तिमीलाई दण्ड दिँदै हुनुहुन्छ। तिम्रो राज्य परमप्रभुले तिम्रो छोरो अब्शालोमको हातमा दिनुभएको छ। ए हत्यारा, तिम्रो सर्वनाश भयो!” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तैँले शाऊलको घरानामा रगत बगाएर तिनको ठाउँमा राज्य गरेको कारण याहवेहले तँलाई बदला लिनुभएको छ। याहवेहले त्यो राज्य, तेरो छोरा अब्शालोमलाई दिनुभएको छ। तँ हत्यारा भएको कारण तेरो सर्वनाश आएको छ!” See the chapter |