२ शमूएल 16:2 - पवित्र बाइबल2 राजा दाऊदले सीबालाई सोधे, “यी चीज किन ल्यायौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाको परिवारलाई चढनको निम्ति ल्याएको हो। रोटी र ग्रीष्मफलहरू अधिकारीहरूलाई खाना भनेर अनि मरुभूमिमा हिंडदा जो कमजोरी भएर हिंडन सक्दैनन् तिनीहरूका निम्ति दाखरस ल्याएको।” See the chapterनेपाली नयाँ संशोधित संस्करण2 राजाले सीबालाई भने, “तिमीले यी सबै किन ल्यायौ?” सीबाले जवाफ दियो, “यी गधाहरूचाहिँ राजाका परिवारका सवारीको निम्ति हुन्, रोटी र फलहरू जवान मानिसहरूलाई खानका निम्ति र दाखमद्यचाहिँ मरुभूमिमा थाक्नेहरूका निम्ति हो।” See the chapterसरल नेपाली पवित्र बाइबल2 दाऊद राजाले त्यसलाई सोधे, “यी सबै तिमीले के गरूँला भनेर लिएका छौ?” सीबाले उत्तर दियो, “राजपरिवारमा सवारीको निम्ति यी गधाहरू र हजुरका साथमा आउने मानिसहरूका भोजनको निम्ति रोटी, फलफूल र थाक्नेहरूका लागि पिउन दाखमद्य ल्याएको छु।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजाले सीबालाई सोधे, “तिमीले यी सबै कुरा किन ल्याएका हौ?” सीबाले जवाफ दिए, “यी गधाहरू राजाका घरानाको सवारीका निम्ति हुन्, रोटी र फलहरू मानिसहरूलाई खानका निम्ति हुन्, र दाखमद्यचाहिँ उजाडस्थानमा थाक्नेहरूलाई ताजा बनाउनका निम्ति हुन्।” See the chapter |