२ शमूएल 14:33 - पवित्र बाइबल33 तब योआब राजाकहाँ आएर अब्शालोमका सबै कुरा बताउँछन्। राजाले अब्शालोमलाई बोलाउँछन्। त्यसपछि अब्शालोम राजालाई भेट्न आउँछन्। राजाका अघि अब्शालोम झुकेर उभिन्छन्। अनि राजाले अब्शालोमलाई म्वाईं खान्छन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 यसैले योआब राजाकहाँ गएर राजालाई यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। तिनी आए, र राजालाई नम्रतापूर्वक साष्टाङ्ग-दण्डवत् गरे। अनि राजाले अब्शालोमलाई म्वाइँ खाए। See the chapterसरल नेपाली पवित्र बाइबल33 त्यसपछि योआब दाऊद राजाकहाँ गए र अब्शालोमले भनेका कुरा सुनाइदिए। राजाले अब्शालोमलाई बोलाउन पठाए। अब्शालोम राजाकहाँ गए र उनको सामुन्ने दण्डवत् गरेर भूइँमा घोप्टिए। राजाले म्वाइँ खाएर उनको स्वागत गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 यसकारण योआब राजाकहाँ गए, र यो कुरा सुनाइदिए। तब राजाले अब्शालोमलाई बोलाइपठाए। अनि तिनी राजाको सामु आए, र घोप्टो परेर दण्डवत् गरे। राजाले खुशी भएर अब्शालोमलाई म्वाइँ खाए। See the chapter |