२ शमूएल 13:34 - पवित्र बाइबल34 अब्शालोम भागे। शहरको पर्खालमाथि एउटा रक्षक उभिरहेका थिए। तिनले धेरै मानिसहरू पहाडको अर्को भागवाट आउँदै गरेका देखे। See the chapterनेपाली नयाँ संशोधित संस्करण34 त्यसै बीचमा अब्शालोम भागेर गए। तब पहरादारले यसो मास्तिर हेर्दा मानिसहरूको एउटा भीड़ होरोनैमदेखि डाँड़ै-डाँड़ा तलतिर झरिरहेको देख्यो। त्यसले आएर राजालाई यसो भनेर खबर दियो, “होरोनैमदेखि डाँड़ै-डाँड़ा मानिसहरू आइरहेका मैले देखें।” See the chapterसरल नेपाली पवित्र बाइबल34 यही बीच अब्शालोम भागिसकेका थिए। ठीक त्यही बेला पहरादार सिपाहीले एउटा ठूलो भीड होरोनैमदेखि आउने बाटोमा डाँडै-डाँडा झर्दैगरेको देख्यो। त्यसले राजाको सामुन्ने गई त्यो कुरा सुनायो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यसै बीचमा अब्शालोमचाहिँ भागिसकेका थिए। यसैबीच दावीदलाई पहरेदार दिइरहेको मानिसले मास्तिर हेर्यो; र आफ्नो पश्चिमतिर भएको बाटोमा धेरै मानिसहरूलाई डाँडाबाट ओह्रालो आइरहेका देख्यो। त्यो पहरेदार गयो र राजालाई भन्यो, “म होरोनैमदेखि डाँडाको छेउहुँदै मानिसहरू तलतिर आइरहेको देख्दैछु।” See the chapter |