२ शमूएल 12:3 - पवित्र बाइबल3 तर त्यस गरिब मानिसको एउटा किनेको भेंडाको सानो पाठी बाहेक केही थिएन त्यस गरिब मानिसले त्यो पाठीलाई खुवाउँथ्यो। पाठी बिस्तारै ठूलो हुँदै गयो। त्यस गरिब मानिसकै भागबाट पाठी खान्थ्यो र पिउँथ्यो। पाठी त्यस गरिबको छातीमा सुत्थ्यो। यहाँसम्म पाठी त्यस गरिबको छोरी समान थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तर त्यो गरीब मानिसको आफूले किनेको एउटा सानो पाठीबाहेक आफ्नो भन्ने केही थिएन। उसले त्यसलाई आफैले पालनपोषण गर्यो, र आफ्नै घरमा आफ्नै छोराछोरीसँग त्यो हुर्क्यो। त्यसले उसकै थालमा खान्थ्यो, र उसकै कचौरामा पिउँथ्यो, र उसकै काखमा सुत्दथ्यो। त्यसलाई उसले आफ्नो छोरीलाई जस्तै गर्थ्यो। See the chapterसरल नेपाली पवित्र बाइबल3 तर त्यो गरीब मानिससित आफूले किनेको एउटा मात्र भेडाको पाठो थियो। उसले त्यसको स्याहार-सुसार गर्थ्यो र घरमा उसका बाल-बालिकासित त्यो बढ्यो। उसले त्यसलाई आफ्नै भोजनबाट खान दिन्थ्यो, आफ्नो कचौराबाट पिउन दिन्थ्यो र काखमा लिन्थ्यो। उसले त्यस पाठोलाई छोरी बराबर मान्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर त्यस गरिब मानिससित आफूले किनेको एउटी पाठीबाहेक केही थिएन। त्यसले पाठीलाई आफ्नै छोराछोरीसँगै हुर्कायो र त्यो बढ्यो। त्यसले उसकै भोजनबाट खान्थ्यो, र उसकै कचौराबाट पिउँथ्यो; अनि उसकै काखमा सुत्दथ्यो। त्यो पाठी उसका निम्ति आफ्नै छोरीतुल्य थियो। See the chapter |