२ शमूएल 10:19 - पवित्र बाइबल19 हददेजेरलाई सेवा पुर्योइरहेको राजाहरूले देखे इस्राएलीहरूद्वारा परास्त भएको कुरा। यसैले तिनीहरूले इस्राएलीहरूसँग शान्ति सम्झौता गरे र इस्राएलीहरूका सेवक बने। अरामीहरूले फेरि-फेरि अम्मोनीहरूलाई सहयोग पुर्याउन डराए। See the chapterनेपाली नयाँ संशोधित संस्करण19 जब हददेजेरका अधीनमा भएका सबै राजाहरूले हामी त इस्राएलद्वारा परास्त भएका छौं भनी देखे, तब उनीहरूले सन्धि गर्न मागे, र इस्राएलीहरूको अधीनता स्वीकार गरे। त्यसपछि अरामीहरूले अम्मोनीहरूलाई फेरि कहिल्यै सहायता दिने आँट गरेनन्। See the chapterसरल नेपाली पवित्र बाइबल19 जब हददेजेरका अधीनमा रहेका राजाहरूले हामी इस्राएलद्वारा परास्त भयौं भनी थाहा पाए, तब तिनीहरूले इस्राएलीहरूसित सन्धि गरे र तिनीहरूको अधीनमा भए। अम्मोनीहरूलाई अरू मद्दत गर्न अरामीहरू डराए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण19 जब हददेजेरका अधीनमा रहेका सबै राजाहरूले आफूहरू इस्राएलद्वारा परास्त भएका देखे, तब तिनीहरूले इस्राएलसँग सन्धि गरे। त्यसपछि तिनीहरू इस्राएलीहरूको अधीनमा भए। यसकारण अरामीहरू अम्मोनीहरूलाई फेरि सहायता गर्न डराए। See the chapter |