२ शमूएल 1:2 - पवित्र बाइबल2 तब तेस्रो दिनमा एउटा जवान सैनिक सिकलगमा आयो। त्यो मानिस शाऊलको छाउनीबाट आएको थियो। त्यसका लुगाहरू च्यतिएको र शिरमा मैला लागेको थियो। त्यसले दाऊदको अघि धोप्टो परेर उनलाई सम्मान गर्न दण्डवत् गर्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 शाऊलका मृत्युको तेस्रो दिन आफ्नो लुगा च्यातेको र टाउकोमा धूलो हालेको एक जना मान्छे शाऊलको शिविरबाट आयो। जब त्यो दाऊदको सामु आइपुग्यो, त्यसले भूइँमा घोप्टो परेर दाऊदलाई दण्डवत् गर्यो। See the chapterसरल नेपाली पवित्र बाइबल2 तेस्रो दिन शाऊलको छाउनीबाट एउटा केटा त्यहाँ आइपुग्यो। त्यसले शोक प्रकट गर्दै आफ्नो लुगा च्यातेको र टाउकोमा धूलो हालेको थियो। त्यो दाऊदको सामु गयो र भूइँमा घोप्टो परी उनलाई दण्डवत् गर्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तेस्रो दिन शाऊलको छाउनीबाट फाटेको लुगा लगाएको र टाउकोमा धुलो हालेको एक जना मानिस दावीदकहाँ आयो। जब त्यो दावीदकहाँ आयो, तब दावीदलाई सम्मान दिन भुइँमा घोप्टो परेर त्यसले दण्डवत् गर्यो। See the chapter |