२ पत्रुस 2:13 - पवित्र बाइबल13 यी झूटा शिकहरूले धेरै मानिसहरूलाई चोट पुर्याँउँछन्। यसर्य तिनीहरूले पनि चोट पाउनेछन्। त्यो तिनीहरूले गरेको कर्मको ज्याला हुनेछ। यी झूटा शिक्षकहरू, सबै मानिसहरू समक्ष आनन्द लिइने खेल झैं कुकर्मलाई लिन्छन्। तिनीहरू कुकर्ममा आनन्द लिन्छन् यसले तिनीहरूलाई खुशी पार्छ। यसर्थ तिनीहरू तिमीहरूमाझ फोहोर कलङ्क अनि दागहरू जस्तै हुन्। तिमीहरूसित साधरण भोजनमा भाग लिन्छन्। तिमीहरूलाई लज्जित तुल्याउँछ्न्। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 आफूले गरेका खराबीहरूका निम्ति तिनीहरू आफैले पनि खराबी भोग्नेछन्। दिउँसै भोग-विलासमा मग्न रहनु यिनीहरू खुशीको कुरा ठान्छन्। तिनीहरू धब्बा र खोटहरू हुन्, र तिमीहरूसँग भोजमा बस्दा तिनीहरू बेसरी खाँदै पिउँदै विलासितामा मग्न रहन्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल13 तिनीहरूले अरूलाई दु:ख दिएकोमा तिनीहरू आफैंले दु:ख भोग्नुपर्नेछ। तिनीहरूका निम्ति आनन्दको मतलब दिउँसै शरीरको इच्छाहरू पूरा गर्नु हो। तिनीहरूसँग खानपिन गर्न बस्नु नै तिमीहरूका निम्ति लाजमर्दो र अपमानको कुरा हो। तिनीहरू सधैँ छलछाम गर्न मन पराउँछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिनीहरूले गरेका हानिको सट्टा तिनीहरूलाई पनि हानि गरिनेछ। तिनीहरूका लागि आनन्दको अर्थ दिउँसै भोग-विलास गर्नु हो। जब तिनीहरू तिमीहरूसित चाड मनाउँछन्, तब तिनीहरू आफ्नो आनन्दको मोजमज्जा लुट्ने कलङ्क र धब्बा हुन्। See the chapter |