२ पत्रुस 2:1 - पवित्र बाइबल1 विगत समयमा झूटा अगमवक्ताहरू परमेश्वरका मानिसहरूको बीचमा थिए। त्यसरी नै झूटा शिक्षकहरू तिमीहरूको समूहमा रहन्छन्। तिनीहरूले झूटा शिक्षाहरू दिन्छन्, ती शिक्षाहरूले मानिसहरूलाई ध्वंशतिर तान्छ। तिनीहरूले मालिकलाई ग्रहण गर्न पनि अस्वीकार गर्छन् जसले तिनीहरूकोलागि मुक्ति ल्याउनु भयो। अनि तिनीहरू स्वयंलाई चाँडै ध्वंश पार्नेछन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 जसरी इस्राएलीहरूका माझमा झूटा अगमवक्ताहरू पनि थिए, त्यसरी तिमीहरूका माझमा झूटा शिक्षकहरू खड़ा हुनेछन्। यिनीहरूले गुप्त रूपले विनाशकारी झूटा शिक्षाहरू ल्याउनेछन्, यहाँसम्म कि तिनीहरूलाई उद्धार गर्नुहुने स्वामीलाई पनि तिनीहरूले इन्कार गर्नेछन्, र आफैमाथि चाँड़ै विनाश ल्याउनेछन्। See the chapterसरल नेपाली पवित्र बाइबल1 उहिले इस्राएली मानिसहरूका माझमा झूटा अगमवक्ताहरू निस्के, त्यसरी नै तिमीहरूको माझमा पनि झूटा गुरुहरू आउनेछन्। तिनीहरूले बिगार्ने झूटो शिक्षा दिनेछन् अनि आफूलाई उद्धार दिनुहुने प्रभुलाई पनि त्याग्नेछन्। यसकारण तिमीहरूले आफैंमाथि अचानक नाश ल्याउनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तर जसरी मानिसहरूका बीचमा झूटा अगमवक्ताहरू थिए, त्यसरी नै तिमीहरूमध्येमा पनि झूटा शिक्षकहरू हुनेछन्। तिनीहरूले गुप्तमा झूटा शिक्षाहरू ल्याउनेछन्। तिनीहरूलाई किन्नुहुने सार्वभौम प्रभुलाई समेत इन्कार गर्नेछन्; यसरी आफूमाथि चाँडै नाश ल्याउनेछन्। See the chapter |