Online Bible

- Advertisements -




२ राजा 8:9 - पवित्र बाइबल

9 यसर्थ हजाएल एलीशालाई भेट्न गयो। हजाएलले आफूसँगै उपहार पनि लग्यो। उसले दमीशकबाट सबै प्रकारका राम्रा चीजहरू लिएर गयो। प्रत्येक चीज बोक्नका लागि 40 वटा ऊँटहरू थिए। हजाएल एलीशाकहाँ पुग्यो। हजाएलले भन्यो, “तपाईको अनुयायी, अरामका राजा बेनहददले मलाई तपाईकहाँ पठाएका हुन्। उनी सोध्छन्। के उनी आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछन्?”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 हजाएल आफूसित दमस्‍कसमा सबै किसिमका असल-असल थोकहरू उपहार स्‍वरूप चालीस वटा ऊँटमाथि बोकाएर गए। उनी भित्र गए, र अगमवक्ताको सामुन्‍ने उभिए, र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई यो कुरा सोध्‍नलाई तपाईंकहाँ पठाउनुभएको छ।” “के म यस रोगबाट निको हुन्‍छु’?”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 हजाएलले दमस्‍कसका सबैभन्दा असल-असल थोक लिएर चालीस वटा ऊँटमा लादे र एलीशाकहाँ गए। उनलाई भेटेर हजाएलले भने, “तपाईंको सेवक बेन-हदद राजाले उनी आफ्‍नो रोगबाट निको हुने हुन् कि होइनन् भनी सोध्‍न मलाई तपाईंकहाँ पठाएका हुन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 हजाएल आफूसित दमस्कसका उत्तम पदार्थहरू उपहारस्वरूप चालीस वटा ऊँटहरूमा लदाएर एलीशालाई भेट्न गए। अनि तिनी भित्र गएर तिनको सामु उभिए, र भने, “तपाईंको छोरा अरामका राजा बेन-हददले मलाई ‘म यस बिरामीबाट निको हुन्छु कि हुँदिनँ?’ भनेर तपाईंलाई सोध्न पठाउनुभएको छ।”

See the chapter Copy




२ राजा 8:9

Follow us:

Advertisements


Advertisements