२ राजा 4:8 - पवित्र बाइबल8 एकदिन एलीशा शुनैम तिर गए। त्यहाँ शुनैममा एक जना प्रख्यता आइमाई बस्थिइन्। यस आइमाईले एलीशालाई रोकेर आफूसँग खाना खान बिन्ती गरिन्। यसकारण एलीशा प्रत्येक पटक त्यस ठाउँ भएर जाने गर्थे त्यहाँ भोजन गर्न बस्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण8 एक दिन एलीशा शूनेममा गए। त्यहाँ एउटी धनाढ्य स्त्री थिइन्, जसले तिनलाई खानपान गर्न जिद्दी गरिन्। यसैले जब एलीशा त्यहाँबाट भएर जान्थे, तब खानपान गर्नलाई केही समय बस्थे। See the chapterसरल नेपाली पवित्र बाइबल8 एक दिन एलीशा शूनेममा गए। त्यहाँ एउटी धनी स्त्री बास गर्थिन्। तिनले एलीशालाई भोजनमा आफ्नो घरमा निम्त्याइन्। त्यस बेलादेखि जतिपल्ट उनी शूनेम जान्थे, त्यही घरमा भोजन गर्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 एक दिन एलीशा शूनेममा गए। त्यहाँ एउटी सम्पन्न स्त्री बस्थिन्। उनले तिनलाई भोजनका निम्ति आग्रह गरिन्। यसैले तिनी जहिले त्यहाँबाट भएर जान्थे, तब तिनी खाना खान त्यहीँ जान्थे। See the chapter |