२ कोरिन्थी 8:7 - पवित्र बाइबल7 तिमीहरू हरेक कुरामा धनी छौ-विश्वासमा, वचनमा, सहायता गर्ने चाहनामा अनि हामीबाट सिकेको प्रेम गर्नमा। र त्यसैले दान दिने काममा पनि तिमीहरू महान बन भन्ने हामी इच्छा गर्छौं। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तर जसरी सबै कुरामा तिमीहरू बढ़ेर गएका छौ, अर्थात् विश्वासमा, वचनमा, ज्ञानमा, सबै जोशमा र हामीप्रतिको तिमीहरूको प्रेममा, त्यसरी नै तिमीहरू यस असल काममा पनि प्रशस्त होओ। See the chapterसरल नेपाली पवित्र बाइबल7 तिमीहरू विश्वासमा, शिक्षामा, ज्ञानमा, अरूको ख्याल गर्नमा र हाम्रो माया गर्न सबै कुरामा धनी छौ। यसै गरी यो प्रेमले दिने सेवा पनि पूरा गर्ने गर भनी हामी इच्छा गर्छौं। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिमीहरूले प्रत्येक कुरामा, विश्वासमा, वचनमा, ज्ञानमा, सम्पूर्ण तत्परतामा र हामीप्रति तिमीहरूको प्रेममा सर्वश्रेष्ठता देखाएझैँ तिमीहरूले दान दिने काममा पनि सर्वश्रेष्ठता देखाओ। See the chapter |