२ कोरिन्थी 7:7 - पवित्र बाइबल7 तिनको आगमन अनि तिमीहरूले उनलाई दिएको सुखले हामीहरू सुखी भयौ। तीतसले भने कि तिमीहरू मलाई भेट्न चाहन्छौ। आफूले गरेको कामको लागि तिमीहरूले दुःख मान्यौ भनी उनले मलाई भने। अनि तिमीहरूले मेरो खुब याद गर्छौ भनेर पनि उनले मलाई भने। यो सुनेर म अत्यन्तै खुशी भएँ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 तिनको आगमनले मात्र होइन, तर त्यस सान्त्वनाले पनि, जुन सान्त्वना तिनले तिमीहरूबाट पाएका थिए। मलाई भेट्ने तिमीहरूको ठूलो इच्छाको बारेमा तिनले हामीलाई भने। मेरो निम्ति तिमीहरूको शोकको विषयमा र मप्रति तिमीहरूको गहिरो चिन्ताको विषयमा पनि तिनले बताए, र यसरी म अझै बढ़ी आनन्दित भएँ। See the chapterसरल नेपाली पवित्र बाइबल7 उनी आएकोले मात्र होइन तर उनले तिमीहरूबाट पाएको सान्त्वनाद्वारा मैले सान्त्वना पाएँ। मलाई फेरि भेट्ने तिमीहरूको ठूलो चाहना छ रे भनी उनले हामीलाई बताए। अब तिमीहरू दु:खित पनि भयौ र मेरो पक्षमा लागेका छौ भनी मैले सुनें, यी सब सुनेर म साह्रै रमाएको छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि तिनी आएका हुनाले मात्र होइन, तर तिमीहरूले तिनलाई दिएका सान्त्वनाले पनि हामीलाई सान्त्वना मिल्यो। तिनले मप्रति तिमीहरूको चाहना र गहिरो चिन्ता र वास्ताबारे बताए, यसरी मेरो आनन्द अझै बढी भयो। See the chapter |