२ कोरिन्थी 6:2 - पवित्र बाइबल2 परमेश्वर भन्नु हुन्छः “ठीक समयमा मैले तिमीलाई सुनें, अनि मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” तिमीहरूलाई म भन्दछु “ठीक समय” अहिले नै हो “मुक्तिको दिन” आजै हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 किनभने उहाँ भन्नुहुन्छ, “ग्रहणयोग्य समयमा मैले तिम्रो पुकारा सुनें, र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरें।” हेर, ग्रहणयोग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। See the chapterसरल नेपाली पवित्र बाइबल2 परमेश्वर भन्नुहुन्छ, “तिम्रो पक्ष लिनुपर्ने बेलामा तिम्रो कुरा सुनेर बचाइने दिनमा तिमीलाई मद्दत गरें।” हेर! परमेश्वरको अनुग्रह पाउने बेला अहिले हो र बचाइने दिन त आज नै हो! See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 किनकि उहाँ भन्नुहुन्छ, “मेरो निगाहको समयमा मैले तेरो पुकार सुनेको छु; अनि मुक्तिको दिनमा मैले तँलाई मदत गरेको छु।” म तिमीलाई भन्दछु, परमेश्वरको निगाहको समय यही हो, मुक्तिको दिन अहिले नै हो। See the chapter |