२ कोरिन्थी 4:4 - पवित्र बाइबल4 यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्तै हुनुहुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ। See the chapterसरल नेपाली पवित्र बाइबल4 यस युगको देवताले येशूमा विश्वास नगर्नेहरूको बुझ्ने शक्तिलाई नै अन्धो बनाइदिएको छ। ख्रीष्ट परमेश्वरकै स्वरूप हुनुहुन्छ, उहाँकै बारेमा भएको सुसमाचारबाट आउने चहकिलो प्रकाश अविश्वासीहरूले नदेखून् भनी शैतानले तिनीहरूलाई अन्धो बनाइदिएको छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण4 परमेश्वरको प्रतिरूप ख्रीष्टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ। See the chapter |