Online Bible

- Advertisements -




२ कोरिन्थी 4:2 - पवित्र बाइबल

2 तर हामीले गुप्त र लज्जाजनक तरिका त्यागेका छौं। हामी छल कपट प्रयोग गर्दैनौं र परमेश्वरको शिक्षा परिवर्त्तन गर्दैनौं। अँहँ! ठ्याम्मै गर्दैनौं। हामी सत्य र सजिलोसित बुझाउँछौं। हामी को हौं भन्ने कुरो मानिसहरूलाई हामी यसरी नै देखाउँछौं। अनि हामी अनि परमेश्वर समक्ष हामी कस्तो मानिस हौं त्यो पनि उनीहरूले आफ्नो हृदयमा जान्न सक्छन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 हामीले शर्मका र लुकीछिपी गर्ने कामहरू त्‍यागेका छौं। हामी धूर्त काम गर्न वा परमेश्‍वरको वचनलाई हेरफेर गर्न इन्‍कार गर्छौं। तर सत्‍यको वचन खुलस्‍त गरी घोषणा गर्दै परमेश्‍वरको दृष्‍टिमा हामी हरेक मानिसको विवेकमा आफैलाई ग्रहणयोग्‍य तुल्‍याउँछौं।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 हामी सबै किसिमका लुकी-चोरी गरिने कुरा र नराम्रा कामहरू त्‍याग्‍छौं। हामी छल-कपटको काम गर्दैनौं। परमेश्‍वरको वचनलाई झूटो तुल्‍याउँदैनौं। हामी सत्‍यको पूर्ण उज्‍यालोमा परमेश्‍वरको अघि जिउँछौं अनि सबैले देख्‍ने गरी मान्‍छेको आँखा अगि हामीले आफैंलाई सुम्‍पेका छौं।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 बरु हामीले गुप्‍त र शर्म लाग्ने मार्गहरू त्यागेका छौँ। हामी छल गर्दैनौँ, न त परमेश्‍वरको वचनलाई हेरफेर गरेर व्याख्या गर्छौँ। तर हामी परमेश्‍वरको दृष्‍टिमा सत्यलाई प्रकट गरेर प्रत्येकको विवेकमा आफूलाई ग्रहणयोग्य बनाउँछौँ।

See the chapter Copy




२ कोरिन्थी 4:2

Follow us:

Advertisements


Advertisements