२ इतिहास 8:9 - पवित्र बाइबल9 सुलेमानले इस्राएलका कुनै पनि मानिसहरूलाई दास र कर्मी हुन कर गरेनन्। इस्राएलका मानिसहरू सुलेमानका लडाकू थिए। तिनीहरू सुलेमानका सैनिक अधिकारीहरू र सेनापति थिए। तिनीहरू सुलेमानका रथहरूका सेनापति थिए अनि सुलेमानका सारथिहरूका सेनापति थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तर सोलोमनले कुनै पनि इस्राएलीलाई आफ्नो सरकारी कामको निम्ति बेगारी काममा लगाएनन्। तिनीहरूचाहिँ तिनका कप्तानहरू र रथ र सारथिहरूका सेनापतिहरू भए। See the chapterसरल नेपाली पवित्र बाइबल9 इस्राएलीहरूलाई बेगारी काममा लगाइँदैनथ्यो। तिनीहरूले सिपाही, अधिकृत, रथका कप्तान र घोडचढी सेनामा काम गर्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर सोलोमनले आफ्नो कामका निम्ति इस्राएलीहरूलाई चाकर बनाएनन्। तिनीहरू आफ्ना लडाकुहरू, सेनापतिहरूमाथिका सेनापतिहरू, रथहरू र घोडचढीहरूका सेनापतिहरू थिए। See the chapter |