२ इतिहास 8:6 - पवित्र बाइबल6 सुलेमानले वालात शहर अनि अन्य सबै शहरहरू फेरि निर्माण गरे जहाँ तिनले धेरै चीज बीजहरू सँग्रह गरेका थिए। तिनले सबै शहरहरू निर्माण गरे जहाँ रथहरू राखिएका थिए अनि सबै शहरहरू जहाँ घोड-सवारहरू बस्थे। सुलेमानले जे चाहे यरूशलेममा त्यही निर्माण गरे उसले यरूशलेम, लबानोन अनि ती सबै क्षेत्रहरूमा जहाँ तिनीले शासन गर्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तिनले बालात र तिनका भण्डार राख्ने सबै सहरहरू, र आफ्ना रथहरू र घोड़ाहरू राख्ने सबै नगरहरू बनाए। यरूशलेममा, लेबनानमा र आफ्ना सारा राज्यभरि आफैले इच्छा गरेका परियोजनाअनुसार तिनले सहरहरू बनाए। See the chapterसरल नेपाली पवित्र बाइबल6 अनि बालात र तिनीसँग भएका सबै भण्डार राख्ने सहरहरू, उनका रथ र घोडचढी सेनाहरू राख्ने सहरहरू सोलोमनले बनाए। आफूले चिताएअनुसार सबै घर इत्यादि कुराहरू उनले यरूशलेम, लेबनान र आफ्ना सारा राज्यमा बनाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 साथै तिनले बालात, तिनका सबै भण्डारका सहरहरू, आफ्ना रथहरू र घोडाहरू राख्ने सबै नगरहरू पनि पुनर्निर्माण गरे। तिनले यरूशलेममा, लेबनानमा र आफूले शासन गरेका प्रान्तहरूभरि आफूलाई जे-जे बनाउन इच्छा लाग्यो, ती सबै बनाए। See the chapter |