Online Bible

- Advertisements -




२ इतिहास 6:16 - पवित्र बाइबल

16 अब, परमप्रभु इस्राएलका परमेश्वर तपाईंको सेवक मेरा पिता दाऊद प्रतिको तपाईंको प्रतिज्ञा राखिदिनु होस्। तपाईंले गर्नु भएको प्रतिज्ञा यही होः तपाईंले भन्नुभयो, ‘दाऊद, तेरो परिवारबाट मेरो सामुन्ने इस्राएलको सिंहासनमा बसाउँनका निम्ति एक व्यक्ति पाउनु कहिले असफल हुने छैनस्। यो लगातार भइरहनेछ जबसम्म तिम्रा सन्तानहरूले मेरो आज्ञाहरू पच्छ्याउँछन्। तिनीहरूले मेरो नियम त्यस्तै प्रकारले पालन गर्नु पर्ने छ जसरी तैंले मेरो व्यवस्था पालन गरेको छस्।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 “यसैकारण अब हे परमप्रभु इस्राएलका परमेश्‍वर, आफ्‍ना दास मेरा पिता दाऊदसित गर्नुभएको यो प्रतिज्ञा पूरा गर्नुहोस्, जब तपाईंले भन्‍नुभयो, ‘यदि तँ हिँड़ेझैँ तेरा छोराहरूले आफ्‍ना चालहरूमा होशियारीसित मेरो सामुन्‍ने हिँड़ेर मेरो व्‍यवस्‍था पालन गरे भने, इस्राएलको सिंहासनमा बस्‍नलाई कहिले पनि मानिसको अभाव हुनेछैन।’

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 अब हे परमप्रभु इस्राएलका परमेश्‍वर! म बिन्‍ती गर्दछु कि तपाईंले मेरा बुबासित गर्नुभएको अरू प्रतिज्ञा पनि पूरा गर्नुहोस्। तपाईंले मेरा बुबालाई भन्‍नुभएको थियो कि उनले झैँ इस्राएलीहरूले होशियारीसाथ तपाईंका आज्ञाहरू पालन गरे भने, उनको एक न एक जना सन्‍तानले उनका राजा भई इस्राएलमा सधैँ राज्‍य गर्नेछ

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “अब हे याहवेह, इस्राएलका परमेश्‍वर, तपाईंले आफ्नो सेवक मेरा पिता दावीदको खातिर उहाँलाई यसो भन्‍नुभएको प्रतिज्ञा पूरा गर्नुहोस् ‘मेरा व्यवस्थाअनुसार तैँले गरेझैँ तेरा छोराहरू होसियारीसाथ मेरो सामु हिँडेर पालन गरे भने इस्राएलको सिंहासनमा बस्‍नलाई तँलाई कुनै मानिसको अभाव हुनेछैन।’

See the chapter Copy




२ इतिहास 6:16

Follow us:

Advertisements


Advertisements