२ इतिहास 6:12 - पवित्र बाइबल12-13 सुलेमान परमप्रभुको वेदी अघि उभिए। तिनी इस्राएलका समस्त मानिसहरूको सामुन्ने उभिएका थिए जो एक साथ भेला भएका थिए। त्यस पछि सुलेमानले आफ्ना हात पाखुराहरू फैलाए। सुलेमानले 5 हात लामो, 5 हात चौंडा अनि 3 हात उच्च काँसाको मञ्च बनाएका थिए अनि त्यसलाई बाहिरको आँगनको माझमा राखिएको थियो। तब तिनी मञ्चमा उभिए अनि इस्राएलका समस्त मानिसहरू अघि घुँडा टेके, जो त्यहाँ एकत्रित भएका थिए। सुलेमानले आफ्ना हातहरू आकाश तिर फैलाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 तब परमप्रभुका वेदीको सामुन्ने इस्राएलका जम्मै समुदायको उपस्थितिमा खड़ा भएर सोलोमनले आफ्ना हात फैलाए। See the chapterसरल नेपाली पवित्र बाइबल12 त्यसपछि मानिसहरूका सामुन्ने सोलोमन गएर वेदीको अघि खडा भए र आफ्ना हात उचाली प्रार्थना गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब सोलोमन इस्राएलका सारा समुदायको सामु याहवेहको वेदीको अगि उभिएर आफ्ना हात फैलाए। See the chapter |