२ इतिहास 6:10 - पवित्र बाइबल10 अहिले परमप्रभुले जे गर्छु भन्नु भएको थियो त्यही गर्नु भएको छ। म मेरा पिताको स्थानमा नयाँ राजा भएको छु। दाऊद मेरा पिता थिए। अहिले म इस्राएलको राजा भएको छु। यही नै परमप्रभुले प्रतिज्ञा गर्नु भएको थियो। अनि मैले इस्राएलका परमप्रभु परमेश्वरको नाउँमा मन्दिर बनाएको छु। See the chapterनेपाली नयाँ संशोधित संस्करण10 “परमप्रभुले अब त्यो प्रतिज्ञा पूरा गर्नुभएको छ। परमप्रभुले प्रतिज्ञा गर्नुभएबमोजिम म मेरा पिता दाऊदको सट्टामा राजा भएको छु, र इस्राएलको सिंहासनमा म विराजमान भएको छु। अनि परमप्रभु इस्राएलका परमेश्वरको नाउँको निम्ति मैले यो मन्दिर निर्माण गरेको छु। See the chapterसरल नेपाली पवित्र बाइबल10 “अहिले परमप्रभुले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। मेरा बुबापछि म इस्राएलको राजा भएको छु र परमप्रभु इस्राएलका परमेश्वरको आराधना गर्न मैले एउटा मन्दिर पनि बनाएको छु। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “याहवेहले आफ्नो प्रतिज्ञा कायम राख्नुभयो: म मेरा पिता दावीदपछि राजा भएँ। अनि अहिले म याहवेहले प्रतिज्ञा गर्नुभएझैँ इस्राएलको सिंहासनमा बसेको छु; र मैले याहवेह इस्राएलका परमेश्वरको नामका निम्ति यो मन्दिर बनाएको छु। See the chapter |