Online Bible

- Advertisements -




२ इतिहास 36:23 - पवित्र बाइबल

23 कोरेस, फारसका राजा भन्छन्: “परमप्रभु, स्वर्गका परमेश्वरले मलाई सम्पूर्ण पृथ्वीको राजा बनाउनु भएको छ। उहाँले मलाई उहाँका निम्ति यरूशलेममा एउटा मन्दिर निर्माण गर्ने जिम्मा दिनु भएको छ। अब तिमीहरू सबै, जो परमेश्वरका मानिसहरू हौ, यरूशलेममा जानका निम्ति स्वतन्त्र छौ। अनि परमप्रभु तिम्रा परमेश्वर तिमीहरू साथ रहुन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

23 “फारसका राजा कोरेस यसो भन्‍छन्‌: परमप्रभु स्‍वर्गका परमेश्‍वरले पृथ्‍वीका सबै राज्‍य मलाई दिनुभएको छ। अनि उहाँले नै मलाई यहूदाका यरूशलेममा उहाँको निम्‍ति एउटा मन्‍दिर बनाउन आज्ञा गर्नुभएको छ। उहाँका प्रजाको हरेक मानिसलाई, जो अहिले तिमीहरूका बीचमा छ, म त्‍यसलाई भन्‍दछु, ‘परमप्रभु त्‍यसका परमेश्‍वर त्‍यससँग रहून्, अनि त्‍यो मानिस उक्‍लेर यरूशलेममा जाओस्‌’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

23 “यो फारसका महाराजा कोरेसको आज्ञा हो। परमप्रभु स्‍वर्गका परमेश्‍वरले मलाई सारा संसारका शासक बनाउनुभएर उहाँको निम्‍ति यहूदाको यरूशलेममा एउटा मन्‍दिर बनाउने जिम्‍मेवारी दिनुभएको छ। अब तिमीहरू, जो परमेश्‍वरका प्रजा हौ, सबै यरूशलेममा जाओ र परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूका साथ रहून्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 “परसीयाका राजा कोरेस यसो भन्छन्: “ ‘याहवेह स्वर्गका परमेश्‍वरले मलाई संसारका सबै राज्यहरू दिनुभएको छ। अनि उहाँले मलाई उहाँका निम्ति यहूदाको यरूशलेममा एउटा मन्दिर बनाउन नियुक्त गर्नुभएको छ। तिमीहरूमध्ये उहाँका हरेक मानिससित याहवेह उसका परमेश्‍वर रहून्, र त्यसलाई यरूशलेममा जान दिइयोस्।’ ”

See the chapter Copy




२ इतिहास 36:23

Follow us:

Advertisements


Advertisements