Online Bible

- Advertisements -




२ इतिहास 36:22 - पवित्र बाइबल

22 कोरेस फारसको राजा रहेको पहिलो बर्ष परमप्रभुले कोरेसलाई विशेष घोषणा गर्न लगाउनु भयो। उहाँले यसो गर्नु भयो जसद्वारा परमप्रभुले यिर्मयाह अगमवक्ता मार्फत दिनु भएका वचनका कुराहरू साँच्चै नै घटित् हुने छन्। कोरेसले आफ्नो राज्यका हरेक स्थानमा संन्देशवाहकहरू पठाए। तिनीहरूले यो संन्देश बोकेः

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको हृदय उत्तेजित पार्नुभयो। अनि उनले आफ्‍नो साम्राज्‍यभरि नै मुखैले र लिखित रूपमा यसो भनेर एउटा घोषणा निकाले:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

22 कोरेस फारस देशका महाराजा भएको पहिलो वर्षमा परमप्रभुले यर्मिया अगमवक्ताद्वारा दिनुभएको आफ्‍नो वचन पूरा गराउनुभयो। उहाँले कोरेसलाई यो तल लेखिएको आज्ञा पठाउने काम गर्न लाउनुभयो। त्यो आज्ञा लेखेर उनको साम्राज्‍यका हरेक ठाउँमा उच्‍च सोरमा पढेर सुनाउन पठाइयो:

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 परसीयाका राजा कोरेसको पहिलो वर्षमा, यर्मियाद्वारा याहवेहले बोल्नुभएको वचन पूरा होस् भनेर याहवेहले परसीयाका राजा कोरेसको हृदयलाई उत्प्रेरित गर्नुभयो। अनि तिनले आफ्नो राज्यभरि एउटा उर्दी घोषणा गरे, र यसो भनेर त्यसलाई लिखित रूपमा पनि निकाले:

See the chapter Copy




२ इतिहास 36:22

Follow us:

Advertisements


Advertisements