Online Bible

- Advertisements -




२ इतिहास 35:24 - पवित्र बाइबल

24 यसर्थ सेवकहरूले योशियाहलाई तिनको रथबाट बाहिर निकाले अनि तिनलाई तिनले आफूसित लडाईमा ल्याएको अर्को रथमा हाले। तब तिनीहरूले योशियाहलाई यरूशलेम लगे। राजा योशियाहको यरूशलेममा मृत्यु भयो। योशियाहलाई त्यो चिहानमा गाडियो जहाँ तिनका पुर्खाहरूलाई गाडिएका थिए। यहूदा अनि यरूशलेमका समस्त, मानिसहरू अति दुःखीत थिए किनभने योशियाहको मृत्यु भएको थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 यसैले तिनीहरूले तिनलाई आफ्‍नो रथबाट उठाएर तिनको दोस्रो रथमा चढ़ाएर यरूशलेममा ल्‍याए। अनि तिनी त्‍यहीँ नै मरे, र तिनका पित्रहरूका चिहानहरूमा तिनी गाड़िए। अनि सारा यहूदा र यरूशलेमले तिनको निम्‍ति शोक मनाए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 तिनीहरूले उनलाई रथबाट निकाली अर्को रथमा राखे, जो त्‍यहाँ तयार थियो र यरूशलेममा लगे। उनी त्‍यहाँ मरे र राजाहरू गाड्‍ने चिहानमा गाडिए। यहूदा र यरूशलेमका सबै मानिसहरूले उनको मृत्‍युमा शोक मनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 यसकारण उनीहरूले तिनलाई आफ्नो रथबाट निकालेर तिनको अर्को रथमा चढाएर यरूशलेममा ल्याए। अनि तिनी त्यहीँ नै मरे, र आफ्ना पुर्खाहरूका चिहानहरूमा गाडिए। यसरी सारा यहूदा र यरूशलेमले तिनका निम्ति शोक गरे।

See the chapter Copy




२ इतिहास 35:24

Follow us:

Advertisements


Advertisements