२ इतिहास 35:22 - पवित्र बाइबल22 तर योशियाह हटेनन्। तिनले नेकोसित लड्ने निश्चय गरे, यसर्थ तिनले आफ्नो रूप बद्ले अनि लडाईं लड्न गए। योशियाहले परमेश्वरको आदेशबारे नेकोले भनेका कुरा सुनेनन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 तापनि योशियाह आफ्नो अभिप्रायबाट हट्न मानेनन्, तर नेकोसँग लड़ाइँ गर्न तिनले भेष धारण गरे। परमेश्वरको आज्ञाद्वारा नेकोको वचन सुन्न तिनले इन्कार गरे, र मगिद्दोको बेँसीमा लड़ाइँ गर्न तिनी झट्टै गए। See the chapterसरल नेपाली पवित्र बाइबल22 तर योशियाहले लडाइँ गर्ने सङ्कल्प गरिसकेका थिए। उनले नेको राजाद्वारा परमेश्वरले के भन्दै हुनुहुन्थ्यो, त्यो सुन्न मानेनन् र आफ्नो भेष बदलेर मगिद्दोको मैदानमा लडाइँ गर्न गए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तरै पनि योशियाहले तिनको कुरा सुनेनन्; तर तिनीसित लडाइँ गर्नलाई तिनले आफ्नो भेष बदली गरे। तिनले परमेश्वरको आज्ञामा फारो नेकोले भनेको कुरा सुनेनन्, तर तिनीसित लडाइँ गर्नलाई मगिद्दोको मैदानमा गए। See the chapter |