Online Bible

- Advertisements -




२ इतिहास 35:21 - पवित्र बाइबल

21 तर नेकोले योशियाह कहाँ दूतहरू पठाए। तिनीहरूले भने, “राजा योशियाह, यो युद्ध तपाईंको समस्या होइन। म तपाईंको विरूद्ध लड्न आएको होइन्। म मेरा शत्रुहरू सित लड्न आएको हुँ। परमेश्वरले मलाई चाँडो गर भन्नु भयो। परमेश्वर मेरो पक्षमा हुनुहुन्छ, यसर्थ मलाई दिकदारी नगर्नुहोस्। यदि तपाईंले म विरूद्ध लडाई गर्नु भयो भने, परमेश्वरले तपाईंलाई नष्ट गर्नु हुनेछ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 तर नेकोले यसो भनेर तिनीकहाँ राजदूतहरू पठाए, “हे यहूदाका राजा, तपाईं र मेरो बीचमा के झगड़ा छ? आज मेरो तपाईंसित केही झगड़ा छैन, तर तिनीहरूसित मात्र छ जोसँग म युद्ध गरिरहेछु। मलाई चाँड़ो जानू भनी परमेश्‍वरको आज्ञा छ। यसकारण परमेश्‍वरको विरुद्धमा खड़ा नहुनुहोस्, जो मतर्फ हुनुहुन्‍छ, नत्रता उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 तर नेकोले उनलाई यस्‍तो खबर पठाए, “तपाईं यहूदाका राजासित मेरो यस लडाइँको केही सम्‍बन्‍ध छैन। म तपाईंसित लडाइँ गर्न आएको होइनँ; तर मेरा शत्रुहरूसित लड्‍न आएको छु र परमेश्‍वरले मलाई यो काम छिट्टै गर्न भन्‍नुभएको छ। परमेश्‍वर मेरो साथमा हुनुहुन्‍छ, यसर्थ मेरो सामना नगर्नुहोला, नत्र उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर नेकोले तिनीकहाँ दूतहरू पठाएर भने, “हे यहूदाका राजा, तपाईं र मेरो के सरोकार छ र? अहिले मैले आक्रमण गरिरहेको तपाईंसँग होइन, तर मसँग शत्रुतामा रहेको घरानासँग मात्र हो। मलाई चाँडो जानू भन्‍ने परमेश्‍वरको आज्ञा छ। यसकारण मेरो पक्षमा हुनुहुने परमेश्‍वरको विरोध गर्न छोड्नुहोस्, नत्र उहाँले तपाईंलाई नाश गर्नुहुनेछ।”

See the chapter Copy




२ इतिहास 35:21

Follow us:

Advertisements


Advertisements