२ इतिहास 35:12 - पवित्र बाइबल12 त्यसपछि तिनीहरूले विभिन्न परिवार समूहहरूलाई होमबलिका निम्ति प्रयोग गर्न भनी पशुहरू दिए। यो यसकारणले गरियो कि होमबलि मोशाले व्यवस्थामा लेखिए अनुसार अर्पण गर्न सकियोस्। तिनीहरूले गोरूहरू लाई पनि त्यसै गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसका परिवारहरूका दल-दललाई परमप्रभुमा चढ़ाउन होमबलिहरूचाहिँ अलग गरेर दिए, अनि साँढ़ेहरूलाई पनि त्यसै गरे। See the chapterसरल नेपाली पवित्र बाइबल12 त्यसपछि तिनीहरूले मोशाका व्यवस्थामा भएका आदेशअनुसार होमबलि चढाउन परिवार-परिवारका दल-दल गरी मानिसहरूका बीचमा होमबलिका पशुहरू बाँडिदिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 मोशाको पुस्तकमा लेखिएझैँ तिनीहरूले याहवेहका निम्ति चढाउनलाई मानिसहरूका परिवारहरूका साना-साना दलहरूलाई दिन भनी होमबलिहरू अलग गरे। तिनीहरूले गोरुहरूलाई पनि त्यसै गरे। See the chapter |