२ इतिहास 32:6 - पवित्र बाइबल6-7 हिजकियाहले युद्धका अधिकारीहरूलाई मानिसहरू प्रति जिम्मावार रहनुका निम्ति चुने। तिनले यी अधिकारीहरूसित शहर द्वार नजिकको खुल्ला स्थानमा भेट गरे। हिजकियाहले ती अधिकारीहरूसित कुरा-कानी गरे अनि तिनीहरूलाई उत्सहित तुल्याए। तिनले भने, “बलियो र साहसी होऊ। अश्शूरका राजा वा तिनीसित भएका विशाल सेनासित नडराऊ वा चिन्ता नगर। अश्शूरका राजा जो तिनीसित भएको शक्ति भन्दा हामीसित महान शक्ति छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण6 तिनले मानिसहरूमाथि फौजी अधिकृतहरू नियुक्त गरे, र मानिसहरूलाई सहरको मूल ढोकाको चोकमा भेला गराएर यसो भनी तिनीहरूलाई प्रोत्साहन दिए, “आँटिला र साहसिला होओ। See the chapterसरल नेपाली पवित्र बाइबल6 उनले सहरका सबै पुरुषहरूलाई फौजी अधिकृतहरूका अधिकारमा दिए र सहरका मूल-ढोकानिर खुला आँगनमा भेला हुने आज्ञा गरे। उनले तिनीहरूलाई भने, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनले मानिसहरूमाथि सैन्य अधिकृतहरू नियुक्त गरेर तिनीहरूलाई सहरको मूलढोकाको चोकमा आफ्नो सामु भेला गरे। अनि यसो भनेर तिनीहरूलाई उत्साह दिए, “बलिया र साहसी होओ। See the chapter |