२ इतिहास 32:5 - पवित्र बाइबल5 हिजकियाहले यरूशलेमलाई अझ अधिक सुदृढ बनाए। तिनले यो काम यसरी गरेः तिनले पर्खालका सबै अंशहरू फेरि बनाए जो भत्किएका थिए। तिनले पर्खाल माथि किल्लाहरू बनाए। तिनले पहिलो पर्खालको बाहिर पट्टि अर्को पर्खाल पनि निर्माण गरे। तिनले यरूशलेमको पुरानो अंशको पूर्व तिरको सुदृढ स्थानहरूलाई फेरि निर्माण गरे। तिनले अनेक हतियारहरू अनि ढालहरू बनाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब राजाले मेहनतसाथ सहरको पर्खालका भत्किएका सबै ठाउँहरू राम्ररी मरम्मत गरे र त्यसमा धरहराहरू बनाए। पर्खालको बाहिरपट्टि तिनले अर्को पर्खाल बनाए र दाऊदको सहरका टेवा दिने गाराहरू सुदृढ़ पारे। तिनले धेरै हातहतियार र ढालहरू पनि बनाए। See the chapterसरल नेपाली पवित्र बाइबल5 पर्खाल मरमत गरी तीमाथि बुर्जाहरू बसाई सहरको बाहिरपट्टि एउटा पर्खाल बनाएर राजाले यरूशलेम सहरका बचाउको बन्दोबस्त अझ बलियो पारे। त्यसबाहेक पुरानो यरूशलेमको पूर्वीय भागमा माटो भरेर तयार गरेको जमिनमाथि बनाइएका सुरक्षा व्यवस्थाहरूको पनि तिनले मरमत गरे। तिनले धेरै ढाल र भालाहरू पनि बनाउन लाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तिनले कठोर परिश्रमसाथ पर्खालका भत्किएका भागहरू मर्मत गरे; अनि तीमाथि धरहराहरू निर्माण गरे। तिनले त्यस पर्खालबाहिर अर्को पर्खाल बनाए, र दावीदको सहरका छानाहरूलाई बलियो पारे। तिनले धेरै मात्रामा भाला र ढालहरू पनि बनाए। See the chapter |