२ इतिहास 32:18 - पवित्र बाइबल18 तब अश्शूरका राजाका अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई जोडले कराए जो शहरका पर्खालमा थिए। ती अधिकारीले हिब्रू भाषा प्रयोग। गरे जब तिनीहरू माथि भएका मानिसहरू प्रति कराए। अश्शूरका राजाका ती अधिकारीहरूले यरूशलेमका मानिसहरूलाई भयभीत तुल्याउन भनी यसो गरे। तिनीहरूले ती कुराहरू भने जसद्वारा तिनीहरू यरूशलेम शहरलाई कब्जा गर्न सकुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 तब उनीहरूले सहर कब्जा गर्नलाई यरूशलेमको पर्खालमा उभिने मानिसहरूलाई हिब्रू भाषामा डर र त्रासले आतङ्क पार्न चर्को सोरमा नारा लाए। See the chapterसरल नेपाली पवित्र बाइबल18 सहरका पर्खालमा उभेका यरूशलेमका बासिन्दाहरूलाई तर्साउन र हताश गराउन ती अधिकृतहरूले यो कुरा हिब्रू भाषामा कराई-कराई सुनाए। त्यसरी तिनीहरूले यरूशलेम सजिलैसित कब्जा गर्न खोज्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब सहरलाई कब्जा गर्नलाई तिनीहरूले पर्खालमा भएका यरूशलेमका मानिसहरूलाई आतङ्कित बनाउन र तर्साउनलाई तिनीहरूलाई हिब्रू भाषामा हपारे। See the chapter |