२ इतिहास 31:16 - पवित्र बाइबल16 यी मानिसहरूले चीज-बीजहरूको सँग्रह तीन बर्ष अनि त्यस भन्दा अधिक उमेरका पुरूषहरूलाई पनि दिन्थे जसका नाउँ लेवी पारिवारिक इतिहासहरूमा थिए। यी सबै पुरूषहरू तिनीहरूको जिम्माका कामहरू गर्न दैनिक सेवाका निम्ति परमप्रभुको मन्दिरमा प्रवेश गर्नु पर्दथ्यो। प्रत्येक लेवी समूहको तिनीहरूको आफ्नै जिम्मावारी थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 वंशावलीमा नाउँ लेखिएका परमप्रभुको मन्दिरमा नित्य खटिएका काम गर्ने तीन वर्ष र त्यसभन्दा बढ़ी उमेरका पुरुषहरू सबैलाई आ-आफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँड़िदिए। See the chapterसरल नेपाली पवित्र बाइबल16 गोत्रका हिसाबले खानेकुरा बाँडिंदैनथ्यो। तीस वर्ष वा त्यसभन्दा बढ्ता उमेर भएका पुरुषहरू, जसले आफ्नो दर्जाअनुसार दिन-दिनै मन्दिरमा कार्यभार लिएका हुन्थे, तिनीहरूलाई पनि भाग बाँडिन्थ्यो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 यसबाहेक तिनीहरूले वंशावलीमा नाम दर्ता भएका तीन वर्ष उमेर पुगेका र त्योभन्दा माथिकालाई आफ्ना जिम्मेवारी र दलहरूअनुसार तिनीहरूका विभिन्न कामहरूका जिम्मेवारी दिनहुँ निभाउनका लागि याहवेहको मन्दिरभित्र प्रवेश गर्नेहरूलाई पनि बाँडिदिए। See the chapter |