२ इतिहास 31:15 - पवित्र बाइबल15 एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको सँग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे। See the chapterनेपाली नयाँ संशोधित संस्करण15 दल-दलअनुसार ठूला-साना सङ्गी-पूजाहारीहरूलाई ठीक-ठीक हिस्सा बाँड्न पूजाहारीहरूका सहरहरूमा अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याहले कोरेलाई ईमानदारीसाथ सहायता गरे। See the chapterसरल नेपाली पवित्र बाइबल15 अरू सहरहरूमा, जहाँ पूजाहारीहरू बास गर्थे, अरू लेवीहरू अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याह थिए। तिनीहरूले आफ्ना लेवी बन्धुहरूलाई खानेकुरा बराबर गरी तिनीहरूका कामअनुसार बाँडिदिन्थे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अदन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्याहले तिनीहरूका सङ्गी पुजारीहरूका सहरहरूमा तिनीहरूका दल-दलअनुसार, तिनीहरूका बुढापाका र जवानहरूलाई विश्वासयोग्य रूपले बाँड्नलाई लेवी कोरेलाई सहायता गरे। See the chapter |