२ इतिहास 31:1 - पवित्र बाइबल1 निस्तार चाडको समारोह समाप्त भयो। इस्राएलका मानिसहरू जो निस्तार चाडका निम्ति यरूशलेममा थिए यहूदाका शहरहरूतिर गए। तब तिनीहरूले पवित्र खामाहरू तोडिदिए जो त्यो शहरहरूमा थिए। ती पवित्र खामाहरू असत्य देवताहरूको लागि अर्पण गरिएका थिए। मानिसहरूले अशेरा स्तम्भहरू पनि काटि दिए। अनि तिनीहरूले यहूदा अनि बिन्यामीन क्षेत्र भरिका उच्च-स्थानहरू अनि वेदीहरू नष्ट गरिदिए। मानिसहरूले एप्रैम अनि मनश्शे क्षेत्रमा त्यसै गरे। मानिसहरूले असत्य देवताहरूको पूजा गर्नमा प्रयोग गरिने सबै चीज-बीजहरू नष्ट नभए सम्म यस्ता कुराहरू गरिरहे। त्यसपछि सबै इस्राएलीहरू आ-आफ्ना शहरमा घर तिर फर्के। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 जब यो उत्सव भइसकियो तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका सहरहरू हुँदो गएर ती सबै खतम नहोउञ्जेल तिनीहरूले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेरा देवीका मूर्तिहरू ढालिदिए। सारा यहूदा र बेन्यामीन, र एफ्राइम र मनश्शेका अल्गा-अल्गा थानहरू र वेदीहरू भत्काइदिए। त्यति गरिसकेपछि इस्राएलीहरू हरेक आ-आफ्नो सहर र पैतृक भूमिमा फर्के। See the chapterसरल नेपाली पवित्र बाइबल1 चाड सिद्धिएपछि इस्राएलका सबै मानिसहरू यहूदाका विभिन्न सहरमा गए र ढुङ्गाका खम्बाहरू भत्काइदिए, अशेरा देवीलाई अर्पण गरेका मूर्तिहरू काटेर ढालिदिए र मूर्ति पुज्नेहरूका आराधना-स्थल र वेदीहरू ध्वंस पारिदिए। यहूदाका बाँकी इलाकामा बेन्यामीन, एफ्राइम र मनश्शेका थानहरूमा पनि तिनीहरूले त्यसै गरे। त्यसपछि तिनीहरू सबै घर फर्के। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब उत्सव सकियो, तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका नगरहरूमा गएर चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए; अनि अशेरा देवीका खम्बाहरू ढालिदिए। तिनीहरूले समस्त यहूदा र बेन्यामीन, एफ्राइम र मनश्शेका अग्ला देवस्थान र वेदीहरू भत्काइदिए। यी सबै गरिसकेपछि प्रत्येक इस्राएली आ-आफ्नो नगर र पैतृक भूमिमा फर्के। See the chapter |