२ इतिहास 30:5 - पवित्र बाइबल5 यसर्थ तिनीहरूले इस्राएलका चारैतिर, बेर्शेवा शहरदेखि दान शहरसम्म एउटा घोषणा गरे। तिनीहरूले मानिसहरूलाई परमप्रभु इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउनु भनी भने। इस्राएलका मानिसहरूको एक विशाल समूहले निस्तार चाड लामो समय अघि देखि त्यस प्रकारले मनाउन पाएका थिएनन् जुन प्रकारले मोशाको व्यवस्थाले यसलाई मनाउनु भनेका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण5 तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड़ मान्न मानिसहरू यरूशलेममा आउनैपर्छ। यसको अघि तोकिएको विधिबमोजिम यति धेरैले यो चाड़ मानेका थिएनन्। See the chapterसरल नेपाली पवित्र बाइबल5 र तिनीहरूले उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबासम्मका इस्राएलीहरूलाई अगाडिभन्दा धेरै सङ्ख्यामा यरूशलेममा भेला भई व्यवस्थाअनुसार निस्तार-चाड मनाउन निम्तो पठाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले इस्राएलभरि, बेर्शेबादेखि दानसम्मैका मानिसहरूलाई याहवेह, इस्राएलका परमेश्वरका निम्ति निस्तार चाड मनाउन यरूशलेममा आउने उर्दी घोषणा गर्न पठाउने निश्चय गरे। लेखिएअनुसार यसलाई ठूलो संख्यामा मनाइएको थिएन। See the chapter |