२ इतिहास 30:24 - पवित्र बाइबल24 हिजकियाह, यहूदाका राजाले 1,000 गोरूहरू अनि 7,000 भेंडाहरू मार्नु र खानु भनी सभालाई दिए। प्रमुखहरूले 1,000 गोरूहरू अनि 10,000 भेंडाहरू सभालाई दिए। धेरै पूजाहारीहरूले तिनीहरू स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारे। See the chapterनेपाली नयाँ संशोधित संस्करण24 यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार साँढ़े र सात हजार भेड़ाबाख्रा, अनि अधिकारीहरूले समुदायको निम्ति एक हजार साँढ़े र दश हजार भेड़ाबाख्रा अलग राखिदिएका थिए। पूजाहारीहरूले धेरै संख्यामा आफू-आफूलाई शुद्ध पारे। See the chapterसरल नेपाली पवित्र बाइबल24 हिजकिया राजाले एक हजार साँढे र सात हजार भेडाहरू मानिसहरूले मारेर खाऊन् भनी दान दिए। भारदारहरूले अरू एक हजार साँढे र दश हजार भेडाहरू तिनीहरूलाई दिए। धेरै पूजाहारीहरूले आफ्नो शुद्धीकरणको विधि पूरा गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यहूदाका राजा हिजकियाले समुदायको निम्ति एक हजार वटा गोरु र सात हजार भेडाबाख्रा दिए। अधिकृतहरूले एक हजार गोरु र दश हजार भेडाबाख्रा बन्दोबस्त गरिदिए। पुजारीहरूको एउटा ठूलो संख्याले आफूलाई पवित्र तुल्याए। See the chapter |