२ इतिहास 29:31 - पवित्र बाइबल31 हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौ। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 तब हिजकियाले भने, “तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ। तिमीहरूका बलिदान र धन्यवादका बलिहरू लिएर तिमीहरू परमप्रभुको मन्दिरमा आओ।” यसैले समुदायले बलिदानहरू र धन्यवाद बलिहरू ल्याए, र राजीखुशी हुनेहरू हरेकले आ-आफ्नो होमबलि ल्यायो। See the chapterसरल नेपाली पवित्र बाइबल31 हिजकियाले आफ्ना प्रजालाई भने, “अब तिमीहरू नियमअनुसार शुद्ध भएका छौ। परमप्रभुलाई धन्यवादको भेटी चढाउन बलिहरू ल्याओ।” तिनीहरूले राजाका आज्ञापालन गरे र कति जनाले आफ्नै इच्छाले होमबलि चढाउन पशुहरू पनि ल्याए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब हिजकियाले भने, “तिमीहरूले अब आफूलाई याहवेहकहाँ अर्पण गरेका छौ। आओ, र याहवेहको मन्दिरमा बलिदानहरू र धन्यवादका भेटीहरू ल्याओ;” अनि राजीखुशी हुने सबैले होमबलि ल्याए। See the chapter |