२ इतिहास 29:25 - पवित्र बाइबल25 राजा हिजकियाहले लेवीहरूलाई दाऊद, राजाका दर्शी गाद अनि अगमवक्ता नातानले आदेश गरेका प्रकारले, झ्याम्टा, सितार अनि वीणाहरू सहित परमप्रभुको मन्दिरमा राखे। यो आदेश उहाँका अगमवक्ता मार्फत परमप्रभुबाट आएको हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण25 राजाले लेवीहरूलाई परमेश्वरको मन्दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले तोकिदिएको नियमअनुसार झ्याली, वीणा र सारङ्गीका साथमा आ-आफ्नो काममा खटाए। यो नियमचाहिँ परमप्रभुबाट आफ्ना अगमवक्ताहरूद्वारा दिइएको थियो। See the chapterसरल नेपाली पवित्र बाइबल25 दाऊद राजालाई परमप्रभुले राजाका अगमवक्ता गाद र नातान अगमवक्ताद्वारा दिनुभएको आदेश हिजकिया राजाले माने। तिनले लेवीहरूलाई वीणा र झ्याम्टा लिन लाएर मन्दिरमा राखे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनले लेवीहरूलाई दावीदले, राजाका दर्शी गादले र अगमवक्ता नातानले तोकिदिएझैँ झ्यालीहरू, वीणाहरू र सिताराको साथमा याहवेहको मन्दिरमा राखिदिए। यी कुराहरू याहवेहले आफ्ना अगमवक्ताहरूद्वारा आज्ञा दिनुभएको थियो। See the chapter |