२ इतिहास 29:22 - पवित्र बाइबल22 यसर्थ पूजाहारीहरूले गोरूहरूलाई मारे अनि रगत लिए। त्यसपछि तिनीहरूले गोरूको रगत वेदीमा छर्किदिए। तब पूजाहारीहरूले भेंडाका पाठाहरू मारे अनि भेंडाका पाठाको रगत वेदीमा छर्किदिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 यसैले तिनीहरूले साँढ़ेहरू मारे, र पूजाहारीहरूले तिनका रगत लिएर वेदीमा छर्के। तब तिनीहरूले भेड़ाहरू मारे, र तिनका रगत लिएर वेदीमा छर्के। तब थुमाहरू मारिए, र तिनका रगत लिएर वेदीमा खन्याए। See the chapterसरल नेपाली पवित्र बाइबल22 पूजाहारीहरूले पहिले साँढेहरू मारे, त्यसपछि भेडा र त्यसपछि थुमाहरू मारे र तिनका रगत वेदीमा छर्के। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण तिनीहरूले ती साँढेहरू मारे, र पुजारीहरूले रगत लिएर त्यो वेदीमाथि छर्किदिए; अर्को दिन तिनीहरूले भेडा मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए। त्यसपछि तिनीहरूले थुमाहरू मारे, र तिनीहरूका रगत वेदीमाथि छर्किदिए। See the chapter |